
काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सरिनालाई ल्होछारको उपलक्ष्यमा युकेमै आयोजित कार्यक्रममा नगद ४ सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सरिनाले युकेमा भएको २ अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।
यसअघि सरिनालाई सोही सफलताको कदर गर्दै तमु धि समाज युके, मगर एसोसिएसन युके, धादिङ–नुवाकोट समाज युके र एनआरएनए युकेले पनि सम्मान गरिसकेको अध्यक्ष राईले जानकारी दिए । नुवाकोट किस्पाङ गाउँपालिका १ की तेश्रो डान सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा