
काठमाडौं । अन्तिम दुई मिनेटमा दुई गोल गर्दै म्यानचेस्टर डर्बीमा युनाइटेडको जितअन्तिम दुई मिनेटमा दुई गोल गर्दै म्यानचेस्टर डर्बीमा युनाइटेडको जित काठमाडौं । अमाद डायलोले ९० औं मिनेटमा निर्णायक गोल गर्दै म्यानचेस्टर डर्बीमा युनाइटेडलाई आइतबार राति भएको इङ्लिस प्रिमियर लिग (इपिएल)मा २–१ को रोमाञ्चक जित दिलाएका छन् ।
चार पटकको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले ३६औं मिनेटमा जोस्को ग्वार्डिओलको हेड गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि खेलको अधिकांश समय सिटीले आफ्नो अग्रतालाई सुरक्षित राख्न सफल भएको देखिन्थ्यो। तर, युनाइटेडले कठिन अवस्थामा अवसर सिर्जना गर्न संघर्ष गरे पनि अन्तिम दुई मिनेटमा जादुमयी प्रदर्शन गर्न सफल रह्यो ।
८८औं मिनेटमा म्याथियस नुनेसको अन्डरहिट ब्याकपासबाट डायलोले मौका पाएको थिए। नुनेसले आफ्नै डिबक्सभित्र डायलोलाई चुनौती दिएपछि रेफ्री एन्थोनी टेलरले पेनाल्टी दिए। ब्रुनो फर्नान्डिसले पेनाल्टीमा कुनै गल्ती नगरी बराबरी गोल फर्काए। थप समयमा लिसान्द्रो मार्टिनेजको लामो पासलाई सदुपयोग गर्दै डायलोले सानदार गोल गरेर युनाइटेडको जित सुनिश्चित गरे ।
युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमका लागि यो डर्बी जित विशेष रह्यो। ‘यो कठिन खेल थियो, तर हामी अन्त्यसम्म विश्वास गरिरह्यौं। यो जित हाम्रा सर्थकहरूका लागि निकै महत्त्वपूर्ण छ,’ उनले भने । यो जित युनाइटेडका लागि निकै महत्वपूर्ण रह्यो। ११ खेलमा मात्र एक जित र आठ हार भोग्दै आएको युनाइटेडका लागि यो डर्बी जितले पुनरुत्थानको संकेत दिएको छ । तालिकामा युनाइटेड २२ अंकका साथ १३ औं स्थानमा छ भने सिटी पाँचौं स्थानमा छ । दुवै टोलीबीच पाँच अंकको फरक छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
इप्पानको सेबोनसँग ८ बुँदे नीतिगत र ३ बुँदे तत्कालीन माग, ‘आईपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना संकटमा’
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना