
काठमाडौं । कोबी माइ्नुको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३-२ ले हराउँदै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले रोमाञ्चक जित निकाल्दै प्रिमियर लिगको शीर्ष पाँचमा रहने निश्चित गर्यो। युनाइटेडले खेलको सुरुवातमै राम्रो प्रदर्शन गर्दै १४ मिनेटभित्रै २-० को अग्रता बनाएको थियो। म्याथियस कुञ्हाको प्रहार एलेक्सिस म्याक एलिस्टरमा लागेर गोलमा परिणत भयो।
त्यसपछि ब्रुनो फर्नान्डेजको हेडरलाई गोलकिपर फ्रेडी वुडम्यानले बचाउने प्रयास गर्दा बल बेन्जामिन सेस्कोमा लागेर गोल भयो। दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्यो। डोमिनिक सोबोस्लाईले ४७ औं पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि ५६ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए।
तर खेलको ७७औँ मिनेटमा कोबी माइ्नुले निर्णायक गोल गरे। एलेक्सिस म्याक एलिस्टरको कमजोर क्लियरेन्स माइ्नुको खुट्टामा पुगेपछि उनले सिधै प्रहार गर्दै गोल गरे र युनाइटेडलाई ३–२ को जित दिलाए।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। लिभरपुललाई भने शीर्ष पाँचमा पुग्न अझै ४ अंक आवश्यक छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि