
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले जित हात पारेको छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशाैँ जित हात पारेको हो ।
टाईम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ५६-३३ को अग्रता बनाएको थियो । त्यसपछि टनईम्सले तेस्रो क्वाटर २१-१८ ले आफ्नो पक्षमा पार्दा चाैथो क्वाटर सोलोले २१-१८ ले आफ्नो पक्षमा बनाएको थियो । टाईम्सले लगातार दशाैँ जितपछि ११ खेलबाट २१ अंक जोडेको छ । सोलोको यो नवाैँ हार हो । सोलो ११ खेलबाट १३ अंक जोडेर पाँचाै स्थानमा छ ।
टाईम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक अंक स्कोर गरे । यस्तै सोमबार भएको अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई ११२-५९ को फराकिलो अन्तरले हरायो । गोल्डेनगेटका दिप्सन केसी म्यान अफ दि म्याच घोषित भए ।
गोल्डेनगेटले पनि ११ खेलमा दशाैँ जपत हात पारेको हो । ११ खेलबाट २१ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ भने समान अंक भएपनि अंक अन्तरका कारण टाईम्स दोस्रोमा छ ।
यस्तै आईतबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले रोएललाई १०२-७५ ले पराजित गरेको छ । आर्मीले १० खेल खेल्दा नवौँ जित हात पारेको हो । आर्मीले १० खेलबाट १९ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा छ । आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे । आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व