
काठमाडौं। एर्लिङ हालान्डले ह्याट्रिकप्रेरित डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्टह्यम युनाइटेडमाथि सहज जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा पाहुना टोली सिटीले वेस्टह्यम युनाइटेडलाई ३–१ ले पन्छाएको हो।
जितसँगै सिटीले उपाधि रक्षा यात्रा थप मजबुत बनाएको छ। शतप्रतिशत जित हासिल गरेको सिटी ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट तीन अंक बटुलेको वेस्टह्याम १४औं स्थानमा छ। जितमा तीनै गोल हालान्डले गरे। वेस्टह्यामले भने एक गोल उपहार पायो।
बर्नाल्डो सिल्भाको पासमा १०औं मिनेटमै हालान्डले सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, बल क्लियर गर्नेक्रममा सिटीका डिफेन्डर रुवेन डियासले १९औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि वेस्टह्याम खेलमा फर्कियो। वेस्टह्यामको त्यो खुसी १२ मिनेटपनि टिक्न सकेन। ३०औं मिनेटमा हाल्यान्डले दोस्रो गोल गर्दै सिटीको अग्रता बढाए। ८३औं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। जारी लिगमा हाल्यान्डको यो दोस्रो ह्याट्रिक हो। उनले तीन खेलमा सात गोल गरिसकेका छन्।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने