
काठमाडौं । अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो ।
भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । डकवर्थ–लुइस नियमअनुसार अस्ट्रेलियालाई १३१ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन कप्तान मिचेल मार्शको सानदार प्रदर्शनमा २१.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै भारतको लगातार ८ एकदिवसीय जितको क्रम टुटेको छ । यस वर्ष भारतले पहिलोपटक एकदिवसीयमा हार बेहोर्नुपरेको हो । यो खेलमा भारत शुभमन गिलको कप्तानीमा खेलेको पहिलो एकदिवसीय थियो ।
लक्ष्यको पछ्याउनेक्रममा मार्शले ५२ बलमा २ चौका र ३ छक्कासहित नटआउट ४६ रन बनाए । उनले जोश फिलिपसँग मिलेर टोलीलाई सहज जिततर्फ डोर्याए । फिलिपले ३७ रन बनाएपछि वाशिंगटन सुन्दरको बलमा आउट भए । अन्ततः मार्श र म्याट रेनशले नटआउट रहँदै टोलीलाई जित दिलाए । रेनशले २१ रन बनाए । भारतका लागि अर्शदीप सिंह, अक्षर पट्टेल र वासिन्टन सुन्दरले १/१ विकेट लिए।
भारतका लागि यो खेलमा नितीशकुमार रेड्डीले एकदिवसीय डेब्यु गरे । अस्ट्रेलियाबाट रेनश र मिचेल ओवेनले पहिलो खेल खेले । चौथोपटक खेल सुरु हुँदा ओभर घटाइएर २६ ओभरमा सीमित गरियो। त्यसपछि केएल राहुलले केही आक्रामक ब्याटिङ गरे र स्कोर १०० पार गराए ।
तर, ठूलो सट खेल्ने क्रममा उनी आउट भए । अन्त्यतिर डेब्यु खेलिरहेका नितीशले केही आकर्षक शर्ट खेले र टोलीलाई सम्मानजनक स्कोरमा पु¥याए । उनले ११ बलमा दुई छक्कासहित नटआउट १९ रन बनाए। अस्ट्रेलियाका लागि म्याथ्यु कुह्नेम्यान, मिचेल ओवेन र जोश हेजलवुडले २/२ विकेट लिए । मिचेल स्टार्क र नाथन एलिसले १/१ विकेट लिए।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै