
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो ।
इडेन गार्डेन्समा मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि मसिन पाण्ड्याले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै रोभन पावेलले ४० रनको पारी खेले । मुम्बइका लागि कोबिन बोसले सर्वाधिक ३ विकेट लिए । त्यस्तै दिपक चाहर, जसप्रित बुम्रा र एएम गजानफरले समान एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कोबिन बोसले सर्वाधिक ३२ रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए । तिलक बर्माले २० रन बनाए भने अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।













समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका