
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेस गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै नेपाल अन्तिम दुईमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट निकालिएको थियो । जहाँ नेपाल विजयी भयो । नेपालको जितमा गोलरक्षक जियारत शेख नायक बने । उनले भुटानका २ पेनाल्टी बचाए भने आफैले गोल पनि गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । ५६औँ मिनेट मिनेटमा जेत्सन दोर्जीले गोल गर्दै नेपाली सर्मथकलाई निरास बनाउनुभयो । त्यसपछि ७७ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि नेपालका निराजन धामीले ७७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । भुटानका किन्जाङ तेन्जिङ दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । टाईब्रेकरमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले पहिलो प्रहारमा गोल गरेका थिए । दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङतानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाए ।
त्यसपछि नेपालका सेमन्त थापाको तेस्रो प्रहार गोल भयो । भुटानका उग्वेन जिग्मेको तेस्रो प्रहारलाई जियारतले पुनः विफल पारे । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरे ।
अब उपाधिका लागि नेपालले भारत र बङ्गलादेशबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुने छ ।













समाचार
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण