
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्तिका लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ। अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्।
समितिले गत साउन १२ गते नेप्सेको सीईओमा दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति साउन २६ गतेसम्म ८ जनाले आवेदन दिएका थिए। तर, उनीहरुको नाम सार्वजनिक गरिएको थिएन। अब सर्टलिस्टमा पर्नेहरुलाई समितिले यही असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा डाकेको छ। जसअनुसार अनिराज पौडेललाई बिहान ७ बजे, नवराज सापकोटालाई बिहान ८ बजे, नारायणप्रसाद सापकोटालाई साँझ ५ः३० बजे र प्रताप सुवेदीलाई साँझ ६ः३० बजे डाकिएको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरुलाई तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै अन्तर्वार्तास्थलमा उपस्थिति हुन समितिले आग्रह गरेको छ।अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम समितिले मन्त्रालयसमक्ष पेस गर्नेछ। त्यसपछि मन्त्रालयले ती नाम मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्नेछ। तिनैमध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।
नेप्सेको सीईओबाट चूडामणि चापागाइँले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएका थिए। उनलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो।













समाचार
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै