
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरिरहेको १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिएको हो ।
सर्वसाधारणलाई निष्काशन गर्न लागिएको ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ऋणपत्रमा आवेदन दिंदा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् । निष्काशन बन्द आज साउन २० गते बेलुकी बैंकिङ्ग समयपश्चात हुनेछ ।
ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ्गस् नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्युअर’ रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम सुरक्षित रहेको संकेत गर्छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि