
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको मात्रै बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७६ अंकले घटेर ४५९.९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार साढे १४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ९ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर १ लाख १० हजार ७२८ पटक खरिद बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह