
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले पुस २६ गतेका लागि आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो २३ औँ र २४ औँ वार्षिक साधारणसभा पुस ३६ गते एक दिने गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा पुस २६ गते बिहान ११ बजेदेखि सभा बस्ने निणर्य गरेको छ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको निर्वाचन प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्था कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । यसको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह