
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ ।
यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले तीन लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन ।
न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनस्र्थापना सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सले “ensuring future” को मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पुराउँदै आएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम