
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट यही बुधबार हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले कात्तिक १२ गते बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो।
गोलाप्रथाबाट बाँडफाँट गर्दा २ लाख ५१ हजार ४९ जना भाग्यशाली आवेदकले सेयर पाउनेछन्। यसमध्ये ३ जना आवेदकले १-१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन्। आईपीओमा आवेदन दिएका कुल १६ लाख ९१ हजारभन्दा बढी लगानीकर्ताको हात भने खाली रहनेछ ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह