
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आज सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।
आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण सेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए । आजको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि