
काठमाडौं । अब सेयर बजारमा दशैँ अघि कारोबार हुने दिन थोरै मात्रै छन् । जेनजी आन्दोलन पछि असोज २ गतेदेखि खुलेको बजारमा पहिलो दिन उच्च गिरावट आएको थियो भने दोस्रो कारोबार दिन उच्च अंकले बढेको थियो ।
आइतबार सेयर बजार १११.७० अंकले बढेर कारोबार भएको थियो । कारोबार रकममा पनि सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो । आइतबार बढेको बजारले आज निरन्तर्ता पाउँला वा यो फेरि ओरालो लाग्ला भन्नेमा अब बजार बढ्ने लगानीकर्ताहरुको भनाइ छ ।
आइतबार बढेको बजार मंगबार पनि बढेरै कारोबार हुने विश्वासमा लगानीकर्ताहरु छन् । आज सेयर बजार अघिल्लो कारोबार दिनको जस्तै उच्च अंकले नबढे पनि सकारात्मक रुपमा नै अघि बढ्न सक्ने देखिन्छ । जेनजी आन्दोलन पछि अहिले लगानीका क्षेत्रनै पुँजी बजार भएकाले बजार बढ्ने र हालसम्मकै उच्च विन्दुको नयाँ कीर्तिमान बन्ने अवस्था पनि देखिएको केही लगानीकर्ताको भनाइ छ ।
राजनीक परिवर्तन पछि कारोबार खुलेको पहिलो दिन ६ प्रतिशले घटेर बजारमा कारात्मक सर्किट लागेको थियो । त्यसलाई लगानीर्ताले सामान्य रुपमा लिएका छन् भने अब बजार बढ्ने क्रम सुरु भएको बताएका छन् ।












समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान