
काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।
इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्ड विजयी भयो ।
इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो । क्रोएसियाले ६ अंक जोड्दै दोस्रो र घाना ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । इंग्ल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा प्रवेश गरे । पानामा जितविहिन रह्यो ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै