
म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डायलोलाई १८ महिनापछि आइभरी कोस्टको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। २२ वर्षीय डायलोले मार्च २०२३ मा आइभोरियनका लागि आफ्नो ६ क्यापमध्ये अन्तिम क्याप जितेका थिए। फेब्रुअरीमा आइभरी कोस्टले घरेलु भूमिमा कप अफ नेसन्स जित्दा उनी टोलीमा पर्न सकेका थिएनन्।
सन् २०२५ को अन्त्यमा मोरक्कोमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यका साथ आइभरी कोस्टले सेप्टेम्बर ६ मा घरेलु मैदानमा जाम्बियासँग र सेप्टेम्बर १० मा चाडसँग खेल्नेछ।
डायलोलाई प्रशिक्षक एमर्स फेले दुई खेलका लागि २५ सदस्यीय टोलीमा समावेश गरेका हुन्। एफसी बास्लेका स्ट्राइकर बेनी ट्राउरे र डेनिस क्लब नर्ड्सजेल्यान्डका मिडफिल्डर मारियो डोर्गेलेसलाई पनि पहिलो पटक टोलीमा समावेश गरिएको छ।
टोली:
गोलकिपरः याहिया फोफाना (एन्जर्स), मोहम्मद कोने (स्पोर्टिङ चार्लेरोई, बेल्जियम), बद्रा अली सांगारे (सेखुखुने युनाइटेड)
डिफेन्डरः इमानुएल अगबाडौ (स्टेड रिम्स), विली बोली (नटिंघम फरेस्ट), उस्मान डिओमान्डे (स्पोर्टिङ लिस्बन), गुएला ड्यु (रेसिङ स्ट्रासबर्ग), ओडिलोन कोसोनोउ (बायर लेभरकुसेन), इभान एनडिका (एएस रोमा), क्रिस्टोफर ओपेरी (ले हाभ्रे), विल्फ्रेड सिंगो (मोनाको), अबकर सिल्ला (रेसिङ स्ट्रासबर्ग),
मिडफिल्डरः मोहम्मद डियोमान्डे (रेन्जर्स), मारियो डोर्गेलेस (नर्ड्सजेल्याण्ड), फ्रान्क केसी (अल अहली जेद्दाह), इब्राहिम सांगारे (नटिङ्घम फरेस्ट), ज्याँ माइकल सेरी (अल ओरुबा)
फरवार्डः सिमोन एडिंग्रा (ब्राइटन एन्ड होभ अल्बियन), ओमर डियाकाइट (स्टेड रिम्स), अमाद डायलो (म्यानचेस्टर युनाइटेड), सेबास्टियन हलर (बोरुसिया डर्टमुन्ड), क्रिश्चियन कोउमे (फियोरेन्टिना), इमानुएल लाथ (मिडल्सब्रो), बेनी ट्राउरे (एफसी बास्ले)।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना