
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
अविरल वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो । आज बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि गाडी चलेका छैनन् । पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको धादिङ प्रहरीले जनाएको छ ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो । पहिरोकै कारण कान्ति लोकपथ पनि पूर्ण रुपमा अबरुद्ध हुँदा काठमाडौं–हेटौंडा आउ–जाउ बन्द भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर