
बैतडी । यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ ।
दोगडा केदार गाउँपालिका– ३ का नारद भट्टले किसानलाई हाल गहुँ छर्ने चटारो रहेको बताए । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको छ । ‘चिसो ठाउँमा कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको छ । हाल यहाँका किसान गहुँ छर्ने कार्यमा व्यस्त छन्,’ उनले भने । लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको बताए । गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हाल्ने गरिन्छ । कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबर मल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको चौधरीको भनाइ छ । ‘गोबर मललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुनेछ । गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्छ’, उनले भने ।
बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको छ । बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफमा गहुँखेती गरिने भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण