
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो (यःसिं) ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा मानिने कुमारी, गणेश र भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्र जात्रा परेकाले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेको छ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर