
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर र युरोको मूल्य बढेको छ भने पाउण्डको मूल्य घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा रहेको थियो । त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा रहेको थियो ।
स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ४१ पैसा बिक्रीदर ४१० रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ५१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।












समाचार
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल