
काठमाडौं । नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र न्युडायमन्ड स्पोट्र्स क्लबले उपाधिका लागि आज खेल्दैछन् । पोखरामा भइरहेको प्रतियोगितामा पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो । साबिक विजेतासमेत रहेको पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्युडायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच पनि आजै प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् । नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल