
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी, बार्सिलोना र आर्सनल विजयी भएका छन् । सिटीले स्लोभान ब्राटिसलाभालाई ४ गोलले तथा बार्सिलोनाले योङ्ग ब्वाइजलाई ५ गोलले हराएको छ । सिटीले पहिलो खेलमा बराबरी खेलेको थियो भने ब्राटिसलाभाले हारेको थियो ।
यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए । अरु खेलमा ब्रिस्टले आरबी साल्जबर्गलाई ४–० गोलले, डर्टमन्डले सेल्टिकलाई ७–१ गोलले हराएको छ । लेभेरकुसेनसँग एसी मिलान एक गोलले पराजित हुँदा इन्टर मिलानले क्रेभेना जेभेज्दालाई ४ गोलले हराएको छ । लेभेरकुसेनले पहिलो खेल जितेको थियो भने मिलानले हारेको थियो ।
इन्टरले पहिलो खेलमा बराबरी खेलेको थियो भने जेभेज्दाले हारेको थियो । यस्तै आर्सनलले पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दुई गोलले हराएको छ । पीएसजीले पहिलो खेल जितेको थियो भने आर्सनलले बराबरी खेलेको थियो । त्यस्तै पीएसभी र स्पोर्टिङ तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहाले एक÷एक गोलको बराबरी खेलेका छन् ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद