
काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ । सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (करबाहेक १४.५६ करोड) कीर्तिमानी बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो ।
कम्पनीले सोमबार आधिकारिक विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार पाउनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ । विज्ञप्ति अनुसार हिमालय स्पोर्ट्सले कबोल गरेको यो रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी हो ।
‘एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो, नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’ का रूपमा उचाइ दिने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं,’ हिमालय स्पोर्ट्सले भनेको छ ।
खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने कुराको शक्तिशाली उदाहरण एनपीएलको बढ्दो मूल्यले देखाएको कम्पनीको निष्कर्ष छ । यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई बलियो बनाउने, थप स्रोतसाधन जुटाउने र खेलको विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ ।
हिमालय स्पोर्ट्सका लागि यो प्रसारण अधिकारको खरिदमात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको बताइएको छ । एनपीएललाई गुणस्तरीय र फराकिलो पहुँचसहित दर्शकमाझ पस्कने कम्पनीले जनाएको छ ।












समाचार
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय
धनकुटामा एक वर्षमा १५१ उद्योग बन्द, नयाँ १४८ दर्ता
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
जोखिमपूर्ण अवस्थाले खोजी तथा उद्धार अवरुद्ध हुनुहुँदैन : राष्ट्रपति पौडेल
‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
सेयर बजार १८ अंकले बढ्यो, कारोबार करिब ४ अर्ब
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी
नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?