
काठमाडौं । अस्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । नेपाल शनिबार बंगलादेश हाई–परफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको हो ।
नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बंगलादेशले १०.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि जिशान आलमले अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रनको पारी खेलका हुन् । नेपालका लागि बलिङमा साहब आलमले मात्र एक विकेट लिन सके । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रनको पारी खेले । यस्तै, साहब आलम र विपिन खत्रीले समान ११–११ तथा रिजन ढकालले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि बलिङमा एमडी रुबेलले चार ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिए । जारी प्रतियोगितामा नेपाल ‘ए’ ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले पराजय व्यहोरेको थियो ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद