
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ । आर्सनलले बिहीवार आफ्नो मैदानमा टोटनहमलाई २–१ गोलले पराजित गरेको हो ।
आर्सनलका लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रह्यो । टोटनहमका लागि सन ह्युङ मिनले गोल गरे । खेलमा अग्रता टोटनहमले लियो । २५औं मिनेटमा सनले गोल गरे । ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलले खेलमा १–१ को बराबरी भयो । खेलको ४४औं मिनेटमा ट्रोससार्डले गरेको गोल आर्सनलको लागि निर्णायक बन्यो ।
जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।
बिहीवारका अन्य खेलमा न्युक्यासलले वल्भ्सलाई ३–०, क्रिस्टल प्यालेसले लेस्टर सिटी क्रिस्टललाई २–० र एस्टन भिल्लाले एभर्टनलाई १–० ले हरायो ।













समाचार
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती