
काठमाडौं । नेपाल आयल निगमले कृष्णभीर सडक सञ्चालनमा आउने बित्तिकै ग्यास सहज हुने बताएको छ । निगमले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
‘हाल कृष्णभीरको पहिरोको कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगहरूमा ग्यास रिफिल गरेर काठमाडौंमा वितरण भइरहेको छ । बाटो सञ्चालनमा आए लगत्तै ग्यास बुलेट नियमित रूपमा आउनेछन् । उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउँदा अवस्था सहज हुँदै जानेछ,’ निगमले भनेको छ ।
आइतबार कृष्णभीरमा बनेको नयाँ बाटो परीक्षणका लागि ग्यास बुलेटहरू काठमाडौं पठाइएको थियो । भदौ १८ गतेदेखि हालसम्म काठमाडौं उपत्यकामा वैकल्पिक मार्गबाट ल्याइएका तीन लाख ९९ हजार ५२९ थान सिलिण्डर वितरण भएको निगमले जनाएको छ । भदौ २८ सम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ । यो परिमाण ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हुने निगमको भनाइ छ ।
नेपाल ल्याउनका लागि १९ हजार ११८ मेट्रिक टन ग्यास लोड भइसकेको निगमले जनाएको छ । ग्यासको कालोबजारी नियन्त्रणका लागि अनुगमन भइरहेको निगमको भनाइ छ । विभिन्न स्थानमा लुकाइएका १२०० सिलिण्डर उपभोक्तालाई वितरण गरिएको निगमले जनाएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह