
काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टि ट्वान्टी आई क्रिकेटबाट सन्यास लिएका छन्। उनले आज सन्न्यासको घोषणा गर्दै अब टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताएका । उनले वेस्ट इन्डिजविरुद्ध डिसेम्बरमा हुने ३ टेस्टको सिरिजमा खेल्नेछन्।
३५ वर्षीय विलियमसनले सन् २०११ मा जिम्बाबेविरुद्ध टि ट्वान्टीमा डेब्यू गरेका थिए। उनले करियरमा ९३ खेल खेलेका छन् । तीमध्ये ७५ खेलमा न्युजिल्यान्डको कप्तानी गरेका छन्। उनको नेतृत्वमा टोली २०१६ र २०२२ मा टि ट्वान्टी विश्वकपको सेमिफाइनल र २०२१ मा फाइनल पुगेको थियो।
विलियमसनले टि ट्वान्टी आईमा १८ अर्धशतकसहित २ हजार ५ सय ७५ रन बनाएका छन् । २०२१ को विश्वकप फाइनलमा अष्ट्रेलियाविरुद्ध उनले ८५ रनको उत्कृष्ट इनिङ खेले पनि न्युजिल्यान्ड पराजित भएको थियो। सन्न्यासको घोषणा गर्दै उनले भने, ‘टि ट्वान्टी क्रिकेट मेरो जीवनको ठूलो हिस्सा रह्यो। म यस फर्म्याटमा खेल्दै पाएका अनुभव र सम्झनाका लागि आभारी छु। यो समय मेरो र टोली दुवैका लागि उचित हो। अब नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार रहन जरुरी छ।
न्युजिल्यान्ड क्रिकेटका प्रमुख कार्यकारी स्कट विनिङ्कले भने, ‘केनको कप्तानी र प्रदर्शन दुवै उत्कृष्ट छन्। उनले संसारभरका कठिन परिस्थितिमा निरन्तर रन बनाए र आफ्नो नेतृत्वले टोलीलाई नयाँ उचाइमा पुर्याए।’ विनिङ्कले थपे, ‘केन वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा खेल्नेछन्। सबै न्युजिल्यान्ड समर्थकहरूलाई म आग्रह गर्छु । आउनुहोस्, हाम्रो महान खेलाडीमध्ये एकलाई फेरि प्रत्यक्ष हेर्नुहोस्।’ विलियमसन अहिले केन्द्रीय सम्झौतामा छैनन्। उनले ओडिआई बारे भने भविष्यमा निर्णय लिने बताएका छन्।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व