
काठमाडौं। इङ्ल्यान्डले सीमित ओभरको टोलीको मुख्य प्रशिक्षकमा ब्रेन्डन म्याकुलमलाई नियुक्त गरेको छ। उनी यसअघि नै टेस्ट टोलीको मुख्य प्रशिक्षक भइसकेका छन्। म्याकलमले इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)को नयाँ तीन वर्षको सम्झौतालाई स्वीकार गरेका छन्।
यो सम्झौता मंगलबार थपिएको थियो र उनी २०२७ को एकदिवसीय विश्वकपसम्म टोलीको प्रशिक्षक रहनेछन्। यद्यपि, सेतो बल क्रिकेटमा उनको कार्यकाल औपचारिक रूपमा जनवरी २०२५ मा भारत भ्रमणबाट सुरु हुनेछ। त्यतिन्जेल मार्कस ट्रेस्कोथिक टोलीको अन्तरिम मुख्य प्रशिक्षक रहनेछन्। उनीहरूको पहिलो ठूलो चुनौती च्याम्पियन्स ट्रफी हुनेछ। यसअघि जुलाईमा इङ्ल्यान्डले एकदिवसीय र ट्वान्टी–२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि सीमित ओभरका मुख्य प्रशिक्षक म्याथ्यु मोटलाई हटाएको थियो।
रिकी पोन्टिङ, ओन मोर्गन र एन्डी फ्लावर पनि यो पदका लागि दावेदार थिए। यसअघि मे २०२२ मा म्याकुलम टेस्ट टोलीको प्रशिक्षक बनेपछि उनले एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको प्रशिक्षक बन्न आनाकानी गरेका थिए।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक