
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले दोस्रो जित निकालेको छ । नेपालले पहिलो खेल जितेको ८ महिना पछि दोस्रो जित निकाल्न सफल भएको हो ।
दोस्रो जित निकालेल्ने क्रममा नेपालले अमेरिकामा भइरहेको शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । स्कटल्याण्ड तालिकाको चौथो स्थानमा रहेको टोलि हो । शीर्ष चार स्थानमा रहेको टोलिलाई पराजित गरेसँगै आगामी खेलमा नेपालको मनोबल उच्च हुनेछ । एसोसिएट राष्ट्रमा स्कटल्याण्ड बलियो टोलि हो ।
अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो । नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन अविजित पारी खेले । कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन जोडे । आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए ।
त्यसअघि टस जितेर नेपालले बलिङ रोजेको थियो । जसमा नेपाली बलरहरु खरो रुपमा उत्रेका थिए । नेपालले स्कटल्याण्डलाई ४१ ओभर ४ बलमा १५४ रनमा रोकेको थियो । स्कटल्याण्डका मार्क वाटले सर्वाधिक ३४ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले १ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।
तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलमा ५ अंक भएको छ । स्कटल्याण्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अंक छ ।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै