
काठमाडौं । चम्पा देवि युवा क्लबद्वारा आयोजना गरेको चम्पादेवि वडा साविक खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छेवार युवा क्लबले हात पारेको छ । फाइनमा सगरमाथ सिर्जना सिल युवालाई पराजित गर्दै छेवारले उपाधि जितेको हो ।
उपाधि सहित विजेता छेवार युवा क्लबले नगद ७ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उप विजेता बनेको सगरमाथाले ५ हजार रुपैयाँ ट्रफि प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उन्नतिशिल युवा क्लब तेस्रो भएको छ । उन्नतिशिलले ३ हजार नगद सहित ट्रफि हात पारेको छ । चौथो भएको भएको टोलिलाई १ हजार ४०० रुपैयाँमा पुरस्कार प्रदान गरिएको चम्पा देवि युवा क्लबका अध्यक्ष छोङ्सोना शेर्पाले जानकारी दिए ।
भलिबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई वडा अध्यक्ष होम बहादुर मगर र महिला वडा सदस्य पासाङ पुटी शेर्पाले ट्रफि शिल्ड प्रमाण–पत्र वितरण गरेका थिए ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद