काठमाडौं । झापा एफसीले जितविहिनि हुँदै नेपाल सुपर लिग (एनएसएल) २०२५ सकाएको छ । अर्थहीन खेलमा बुधबार झापाले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको हो ।
६ खेलबाट ५ बराबरी र १ हारबाट ५ अंक जोडेको झापा छैटौं स्थानमा रह्यो । साविक विजेता ललितपुरले भने लिगमा तेस्रो बराबरी खेल्दै अपराजित यात्रालाई निरन्तरता दियो । यो बराबरीपछि ६ खेलबाट १२ अंक जोडेर ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरे । नविन लामाले ५३औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । उनले अनमोल भण्डारीको पासमा हेड मार्फत गोल गरे ।
तर त्यो अग्रता लामो समयम टिकेन । झापाका लागि कप्ता लकेन लिम्बुले ६५औं मिनेटमा बराबरी गोल फर्काए । प्रविन बस्नेतले उपलब्ध गराएको पासमा लकेनले गोल गरेका हुन् । यस खेलको मुख्य विशेषता के रह्यो भने दोस्रो हाफमा अन्तिमसम्म दुवै टिमबाट मैदान नेपाली खेलाडी मात्र थिए ।
सुरुवाजी रोजाईँमा ललितपुरले २ र झापाले ३ विदेशी खेलाडी मैदान उतारेको थियो । तर ललितपुरले दुवै विदेशीलाई हाफ टाइममै परिवर्तन ग¥यो । यस्तै झापाले पनि ८० मिनेट भित्रमा तीनवटै विदेशी खेलाडीलाई रिप्लेस गराइसकेको थियो । अझ ललितपुरले त गोल गर्दा मैदानमा सबै ११ खेलाडी नै नेपाली थिए ।