
काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो ।
ओमानले प्रस्तुत गरेको १११ रनको सामान्य लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रनको शानदार पारी खेले । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा १ रनमा नटआउट रहे ।
पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो । ओमानलाई सस्तैमा रोक्ने क्रममा सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिएका थिए । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा रहेको छ ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ । सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन