
काठमाडौं। आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ ले पराजित ग¥यो । केएमसीकी आकृषा घिमिरेले १२ अंक जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले हरायो । चाँदबागकी अमौलिका खड्काले १५ स्कोर गरिन् । चेल्सीले डिफेन्डिङ च्याम्पियन रिब्समाथि २८–२४ को जित दर्ता ग¥यो । सेमिफाइनलमा चेल्सीको भेट केएमसीसंग हुनेछ भने चाँदबागले रिब्सको सामना गर्ने छ ।
सिनियर ब्वाइज र जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजको क्वाटरफाइनल बाल दीक्षा सदन र सेवा सदन, मार्वलस र आयोजक केएमसी ‘बी’, भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिक स्कुल तथा गोल्डेनपिक र माइलस्टोनबीच हुनेछ ।
जुनियर ब्वाइजको क्वाटरफाइनलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले गोल्डेन फ्लावर, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेन, ग्रिन लन्सले हिमाली तथा ग्रिनफिल्डले सनसाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । सिनियर÷जुनियर ब्वाइजको क्वाटरफाइनल बिहीबार हुनेछ । तीन विधाको सेमिफाइनल शुक्रबारलाई तय गरिएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा