
काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरीलाई घटाएको छ । रियलले आइतवार गेटाफेलाई २–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो ।
रियलको जतमा जुड बेलिङघम र केलियन एमबाप्पेले एक एक गोल गरे । घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता लिएको थियो । खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमै २–० ले अघि रहेको थियो ।
यो जितसँगै रियल १४ खेलमा रियलको ३३ अंक पुगेको छ । शनिवार पराजित भएको बार्सिलोनाको १५ खेलमा ३४ अंक छ । आइतबारका अन्य खेलमा एट्लेटिको म्याड्रिडले भालाडोलिडलाई ५–० ले, एथलेटिको बिलबाओले रायो भालेसानोलाई २–१ र रियल सोसिडाडले रियल बेटिसलाई २–० ले हरायो ।
भिल्लारियल र जिरोनाले भने २–२ को बराबरी खेले । एट्लेटिको ३२ अंकसहित तेस्रो स्थानमा छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना