
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए । १–० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै सिटीलाई स्तब्ध बनाएको हो । म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए । जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडि रहेको छ ।
गए राति भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले जित निकालेको छ । लिभरपुलले नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिगका ११ मध्ये ९ खेलमा जित निकालेको हो । डार्विन नुनेज र मोहमद सलाहको गोलको मद्दतमा लिभरपुलले शनिबार घरेलु मैदानमा एस्टन भिल्लामाथि २–० को नतिजा निकालेको हो ।
जुर्गेन क्लोपको स्थानमा नेदरल्यान्ड्सका पूर्वखेलाडी स्लट लिभरपुल सम्हाल्न आइपुगेका थिए । ‘क्लोज’ सिजनमा जिम्मेवारी सम्हालेका उनले सबै प्रतियोगिताका १७ मध्ये १५ खेल जित दिलाएका छन् । इङ्लिस प्रिमियर लिगमै पनि लिभरपुलले ११ खेलबाट २८ अंक पुर्याएको छ । यो साबिक सिटीभन्दा पाँच अंक बढी हो । भिल्लाको भने यो सिजन तेस्रो हार हो । १८ अंकका जोडेको भिल्ला आठौं स्थानमा झरेको छ ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि