
काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।
१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममा पाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार ब्याटिङ गरे । ११ बल खेलेका उनले तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे । यस्तै, साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५, सलमान अघाले १२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए । त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोट्र्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रन जोड्दै अलआउट भयो ।
उसका लागि कप्तान स्कट इडवाड्र्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यान २०, आर्यान दत्तले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इडवाड्र्सले इनिङ सम्हालिरहेका थिए । उनी आउट भएपछि नेदरल्यान्ड्सको इनिङ ध्वस्त भयो । १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो । दुबै विकेट साइम अयुवले लिए । बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन तथा साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट लिँदा साहिन शाह अफ्रिदीले एक सफलता हात पारे ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद