
काठमाडौं । भारतले इङ्ग्ल्याण्ड विरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । गएरोति सकिएको खेलमा १४२ रनको जित निकाल्दै घरेलु टोलिले सिरिज क्लिन स्विप गरेको हो ।
भारतले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४ ओभर २ बलमा २१४ रनमा समेटियो । इङ्ग्ल्याण्डका लागि गस एटकिन्सन र टोम बेन्टनले समान रुपमा सर्वाधिक ३८ रन जोडे । ओपनर बेन डकेट ३४, जो रुट २४, ओपनर पिल साल्ट २३ तथा ह्यारि ब्रुक १९ रन बनाए । भारतका लागि अक्षर पटेल, अर्शदिप सिंह, हर्षित राना र हार्दिक पाण्ड्याले समान २–२ तथा वासिंटन सुन्दर र कुलदिप यादवले समान १–१ विकेट लिए ।
त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरको अलआउट हुँदै ३५६ रन बनाएको थियो । भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक १ सय १२ रन जोडे । त्यस्तै श्रेयश अय्यरले ७८ रन बनाए ।
त्यस्तै विराट कोहलीले ५२, केएल राहुल ४० तथा हार्दिक पाण्ड्याले १७ रन बनाए । इङ्ग्ल्याण्डका लागि आदिल राशिदले ४, मार्क वुडले २ तथा गस एटकिन्सन, जो रुट र सकिब मोहम्मदले समान १ विकेट लिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू