
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
वर्षाका कारण पटक–पटक प्रभावित भएको हिजोको खेलमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो ।
मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकामा पानी परेर खेल प्रभावित भएपछि डीएलएस मेथडका आधारमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएको थियो । मुम्बईले दिएको लक्ष्य गुजरातले ७ विकेटको क्षतिमा पूरा गर्यो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए । जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन रोडे । मुम्बईका जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २ विकेट लिए । त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको निम्तो दिएको थियो । मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाएको थियो ।
यो खेलसँगै गुजरात ११ खेलमा ८ जीतसँगै १६ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अङ्क छ । आईपीएलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद