
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ । सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ ।
डीएनएक्सले स्वर दिएको यस गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् । यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यस एन्थमले सुदूरपश्चिमका समर्थकहरूलाई टिमसँग अपनत्वको महसुस गराउने र मैदानमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई अपनत्वको महसुस गराउनेछ र मैदानमा झनै ऊर्जा निकाल्नेछ ।’
सुदूरपश्चिम रोयल्सको टोली:
खेलाडी: दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम