
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । दुबईको शारजाहमा भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । इङ्गल्यान्डका न्याट सिभर ब्रन्टले अविजित ४८ रन बनाइन । दक्षिण अफ्रिकाका शोफी इक्लेस्टोनले २ विकेट लिइन ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान लाउरा उल्भाआटले सर्वाधिक ४२ रन बनाइन । इङ्गल्यान्डका ३ जना खेलाडीले समान १÷१ विकेट लिइन । यसअघि इङ्गल्यान्डले पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक