
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले हरायो । जीतसँगै सिटीको ३७ खेलमा ६८ अङ्क भएको छ ।
उसका ओमार मारमुस, बर्नान्डो सिल्भा र निको गोन्जालेजले समान एक-एक गोल गरे । खेलको अतिरिक्त समयमा बर्नमाउथका ड्यानियल जाबिसनले सान्त्वना गोल फर्काए । खेलको दोस्रो हाफपछि सिटी र बर्नमाउथ १० खेलाडीमा सीमित भए ।
अर्को खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई ४–२ गोलले हराएको छ । प्रिमियर लिगमा सबै २० टोलीले समान ३७/३७ खेल खेलिसकेका छन् ।
लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ । दोस्रो स्थानको आर्सनलको ३७ खेलमा ७१ अङ्क छ । लिभरपुल र आर्सनलले आउँदो सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भइसकेको छ ।
चौथो स्थानको न्युक्यासल, पाँचौं स्थानको चेल्सी र छैटौं स्थानको एस्टन भिल्लाको समान ६६ अङ्क छ । अब सबै टोलीले एक/एक खेल खेल्नेछन् । अन्तिम खेल मे २५ तारिखमा हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह