
काठमाडौं । नेपालले एसिसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो ।
नेपालको जितमा कप्तान सन्दीप लामिछानेले प्रभावशाली बलिङ गरे । जितका लागि ८८ रनको विजय लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्यो । ओपनर अर्जुन कुमाल र आशिफ शेखले पहिलो विकेटको लागि ३९ रनको साझेदारी गरे ।
आशिफ १८ रनमा आउट भए । लगतै देव खनाल १० रनमा र इशान पाण्डे १ रनमा रन आउट भए । तेस्रो विकेटको नोक्सानीमा नेपालले ५८ रन बनाएको थियो । ओपनर अर्जुन अविजित ३६ रनमा अविजित रहे भने रोहित पौडेलले पनि अविजित १९ रनको योगदान दिए ।
बलिङमा बहराइनका इमरान जाभेद अनवरले २ विकेट लिए । यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइनले ३६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनायो । बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।
बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान सन्दीपले एक्लैले ५ विकेट लिए । सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । त्यस्तै ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए ।













समाचार
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने