
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्षमा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । महासचिव कुबेरका अनुसार सातै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश गरिएको छ ।
नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक सहभागी छन् । भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिएको संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
कोर्ष आईटीटीएफका डेभलोप्मेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्ने छन् ।
कोर्षको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतको उपस्थिति रहेको थियो । कोर्ष असार २९ गतेसम्म सञ्चालन हुनेछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू