आईपीएल क्रिकेट : पन्जाब ४ विकेटले विजयी, चेन्नई प्लेअफ दौडबाट बाहिरियो 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको छ । चेन्नईले दिएको १९१ रनको लक्ष्य पन्जाबले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जीतमा कप्तान श्रेयस अय्यर र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए । श्रेयसले सर्वाधिक ७२ रन बनाए । त्यसअघि चेन्नई १९ ओभर २ बलमा १९० रनमा अलआउट भएको थियो ।

चेन्नईको १० औं खेलमा यो आठौं हार हो । यो हारसँगै चेन्नई प्लेअफको दौडबाट समेत बाहिरिएको छ । पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई ४ अङ्कका साथ तालिकाको पुछारमा यथावत् छ । अब बाँकी सबै खेल जित्दा पनि चेन्नई प्लेअफमा पुग्ने छैन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार