
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ भने दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ ।
अंकतालिकामा जनकपुर बोल्ट्स सबैभन्दा अन्तिममा रहेको छ । ४ खेल खेलेको जनकपुरले यस संस्करणमा हालसम्म कुनै खेल जितेको छैन । आजको खेलमा पनि पराजित भएमा जनकपुरको प्लेअफबाट बाहिरिनेछ । ४ खेलबाट ४ अंक बटुलेको चितवन राइनोज अहिले अंकतालिकाको चौथो स्थानमा छ । आजको खेलमा चितवनले विराटनगरलाई पराजित गरेमा प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । यी दुई बीचको खेल आज मध्यान्ह ११ः४५ बजे टीयू क्रिकेट रंगशालामा सुरु हुनेछ ।
साँझ ४ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् । यी दुबै टोलीको समान २ अंक छ । यद्यपि, कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखरा आज आफ्नो पाँचौ खेल खेल्दैछ । यी दुबै टोलीलाई आज जित्नैपर्ने दबाब छ। पोखरा आजको खेलमा पराजित भएमा प्लेअफमा पुग्ने सम्भावना घट्नेछ। यता आज कर्णाली याक्स हारेमा प्लेअफबाट बाहिरिनेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व