
काठमाडौं । भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । सुपर ओभरमा पुगेको खेलमा भारतल एक बलमा नै विजयी भएको हो ।
सुपर ओभरमा जितका लागि ३ रन बनाउनु पर्ने थियो । जहाँ भारतीय कप्तान सूर्य कुमार यादबले पहिलो बलमा नै ३ रन बटुल्दै जित लिदाए । भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ब्याटिङ गर्न आएका थिए । यादवले वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो बलमै सूर्यले तीन रन बटुल्दै जित पक्का गरे । श्रीलंकाले सुपर ओभरमा दाशुन शानका र कुशल परेरालाई पठाएको थियो । पहिलो बलमै कुशल परेरा रिंकु सिंहबाट क्याच आउट भए । कामिन्दु मेन्डिसले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा डट आउट भए । त्यसपछि वाइड र चौथो बलमा दासुन शानका रन आउट भएका थिए । पाँचौं बलमा दाशुन शानका क्याच आउट भएपछि भारतले जितका लागि ३ रनको लक्ष्य पाएको थियो ।
यस अघि जितका लागि २०३ रनको विशाल लक्ष्य पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा श्रीलंकालाई जित्नलाई १२ रन चाहिँदा तीव्र गतिका बलर हर्षित रानाले ११ रन दिदै खेल सुपर ओभरमा पुर्याएका थिए । अन्तिम दुई बलमा ७ रन चाहिँदा दासुन शानकाले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुले । श्रीलंकाका ओपनर पाथुम निसांकाले ५८ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेपनि जित्नलाई पर्याप्त भएन । अन्तिम ओभरमा जित्नलाई १२ रन चाहिँदा उनी हर्षित रानाको पहिलो बलमै बरुण चक्रवर्तीबाट क्याच आउट भएका थिए ।
निसांकाले १७ औं ओभरको अन्तिम बलमा अर्शदीप सिंहलाई स्टेटमा छक्का हान्दै ५२ बलमा आफ्नो टी–२० आई करिअरको पहिलो शतक हानेका थिए । दाशुन शानका ११ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा रहे । त्यस्तै कुशल परेरा पनि टोलिका लागि ५८ रनको योगदान दिए । भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । भारतका ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । तिलक बर्माले ४९ तथा सञ्जु स्यामसनले ३९ रन बनाए । त्यस्तै अक्षर पटेलले २१ रन बनाए । श्रीलंकाका महेश थिक्सेना, दुश्मन्था चामिरा, वानिन्दु हसरंगा, दासुन शानका र चरिथ असलंकाले १–१ विकेट लिए ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद