
काठमाडौं । अल इन्डिया गोल्डकप क्रिकेटमा नेपाल ‘ए’ टोली आफ्नो पहिलो खेलमा केरला क्रिकेट एसोसियसनको टोलीसँग पराजित भएको छ । आज भएको खेलमा केरलासँग नेपाल ‘ए’ टोली डकवर्थ लुइस (डीएलएस)का आधारमा १५ रनले पराजित भएको हो ।
केरलाले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २२ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ३४ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । निरन्तर पानी परेपछि डीएलएसका आधारमा नेपाल ‘ए’ पराजित भएको हो ।
नेपाल ‘ए’ का लागि देव खनालले ५७ र अर्जुन कुमालले ५० रन बनाएका थिए । कप्तान अनिल साह १९ रनमा अविजित रहेका थिए ।
त्यसअघि भारतको देहरादुनमा ब्याटिङ गरेको केरलाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन बनायो । केरलाका लागि अहमद इम्रानले १ सय २२ रनको शतकीय पारी खेले । नेपाल ‘ए’ का लागि आकाश चन्दले ३ र विपिन खत्रीले २ विकेट लिए ।
१६ टोली सहभागी गोल्ड कपमा नेपाल ‘ए’ समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा केरला, गोवा तथा भोपालको टोली रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि गोवा क्रिकेट एसोसियसनको टोलीसँग खेल्नेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व