
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदैछ। उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली र न्युजिल्याण्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुन लागेका हुन्।
खेल भारतको कोलकातास्थित इडेन गार्डेन मा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। सुपर-८ अन्तर्गत समूह ‘ए’ को विजेताका रूपमा दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो। उसले सुपर-८ चरणमा जिम्बाब्वेलाई ५ विकेट, वेस्ट इन्डिजलाई ९ विकेट तथा भारतलाई ७६ रनले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो।
यता, न्युजिल्याण्ड पनि सन्तुलित प्रदर्शनका आधारमा अन्तिम चारमा पुगेको हो। जारी विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। दुवै टोली दोस्रोपटक टी-२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन्। दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ, जहाँ साविक विजेता भारत र इङ्ल्याण्ड आमनेसामने हुनेछन्। फाइनल खेल आगामी आइतबार तय गरिएको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह